अम्बे स्टील्स्को डिलर सम्मेलन २०७७ सम्पन्न

१७ फागुन, काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स्ले फागुन १४ गते शुक्रबारका दिन नुवाकोटमा डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका उच्चपदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।

सम्मेलनको मुख्य उद्देश्य वर्र्षैंदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीच आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको कम्पनीको भनाई छ ।

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुई वटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४ हजार टन छड उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

यस कम्पनीबाट उत्पादित टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको भएकाले नेपाली बजारमा सबैभन्दा बढी रुचाइएको छड भएको कम्पनीको दाबी छ । हाल यसले एफई ५०० डी छड पनि उत्पादन गरी उपभोक्ता माझ पु¥याउँंदै आएको छ ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मेहनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment