बढ्यो सेयर बजार, निर्जीवन बीमा क्षेत्रमा आकर्षण

३० वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक १९७४ अंकमा कायम भएको छ । आज ३ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । दिनभर १२७ कम्पनीको मूल्य बढ्दा १११ को घट्यो भने ७ को स्थिर रह्यो ।

तीन क्षेत्र फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्सका सूचक घटे भने अरु सबै क्षेत्रका सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.६ प्रतिशत बढ्यो । यसअघि गत बिहीबार होटल समूह सबैभन्दा धेरै ६ दशमलव ९ प्रतिशत बढेको थियो ।

बैंकिङ ४, विकास बैंक ४२, हाइड्रोपावर ३, जीवन बीमा १२२, निर्जीवन बीमा २७२, अन्य ११, ब्यापार ३१ र उत्पादन समूह सूचक ९३ अंक बढे । फाइनान्स १८, होटल तथा पर्यटन १२६ र माइक्रोफाइनान्स ५७ अंक घटे ।

सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । उन्नती सहकार्यको ७.५, युनाइटेड अजोड इन्स्योरेन्सको ५.६, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.५, एसियन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै मानुषी लघुवित्तको ५.४, दोल्ती पावरको ४.५, आरएसडीसी लघुवित्तको ४.४, सोल्टी होटलको ३.६ र नेस्डो लघुवित्तको ३.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सांग्रिला विकास बैंक, पोखरा फाइनान्स, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट र नेपाल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment