राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बने देबेन्द्ररमण खनाल

१० जेठ, काठमाडाैं । रिक्त रहेको राष्ट्रि वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा देबेन्द्ररमण खनाल नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि खनाललाई बैंकको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको हो ।

पेशाले चाटैर्ड एकाउण्टेण्ट समेत रहेका खनाल १६ वर्ष अघि राष्ट्रि वाणिज्य बैंकमा प्रवेश गरेका थिए । ८ औं तहबाट वाणिज्य बैंकमा सेवा सुरु गरेका खनालले बैंक व्यवस्थापनको नेतृत्व सक्हाल्ने अवसर पाएका हुन् । १६ वर्षको अवधिमा खनालले बैंकमा शाखा प्रबन्धक, प्रदेश प्रमुख, विभागीय प्रमुख, नायब तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

८ वर्षे कार्यकाल पुरा भएपछि बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ गत चैत २८ गतेदेखि सेवानिवृत्त भएका थिए । सोको भोलिपल्ट चैत २९ गतेदेखि नायब प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका खनाललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको थियो ।

बैंक सञ्चालक समितिले बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदपूर्ती गर्नका लागि आवेदन माग गरेकोमा १९ जनले आवेदन दिएका थिए । सोमध्येबाट खनाल सहित ५ जनाको नाम सर्टलिष्ट भएको थियो । सोही सर्टलिष्टबाट बिहीबार बैंक सञ्चालक समितिले खनाललाई बैंक व्यवस्थापनको नेतृत्व जिम्मा लगाउने निर्णय गरेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment