उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

०९ वैशाख, काठमाडाैं । नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृसंगठनको रुपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव रहेका थिए ।

अध्यक्षमा सापकोटाको साथ महासचिबमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन । शिवाकोटी मेगा बैंकका पूर्व सञ्चालक एवम कालिन्चोक केवलकारका अध्यक्ष हुन भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रवन्धक हुन् ।

एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवशायीहरु यस महासंघमा आवद्ध छन् । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सन्जाल रहेको सो महासंघमा बिभिन्न ११ वटा वस्तुगत संघहरुमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवशायी संघसंस्थाहरु सदस्य रहेका छन । सदस्यताको हिसावले यो नै सबैभन्दा ठुलो संजाल रहेको व्यवशायीहरुको महासंघ हो ।

यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिवेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रुपमा रुपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको छ । नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment