मौसम : यी ५ प्रदेशमा आज वर्षा

१६ चैत, काठमाडौँ । आज पाँचवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिममा वर्षाको सम्भावना देखिएको हो। नेपाली आकाशमा अहिले स्थानीय वायुको मात्र प्रभाव छ।

आज दिउँसो देशभरको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशभरको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस्तै, पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली इलाकाका १-२ स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment