भटमासमा पाइन्छ मासु, अण्डामा भन्दा धेरै पोषक तत्त्व

१८ फागुन, काठमाडाैँ । हाम्रो गाउँघरमा उत्पादन हुने र नेपाली भान्सामा सहजै पाइने खाद्यान्न हो भटमास । सोयाबिन अर्थात् भटमासमा मांसाहारी खाना, अन्डा तथा दूध आदि सबैमा भन्दा धेरै पोषक तत्त्व पाइन्छ ।

भिटामिन तथा मिनरल्सहरुले भरपुर भटमास हाम्रो लागि एकदमै तागत दिने खाना हो । आउनुहोस् जानौं यसलाई खाँदा हुने फाइदाका बारेमा –

–भटमासमा हुने पोषक तत्त्वहरूले रक्तसञ्चारलाई राम्रो बनाउने काम गर्छ । साथमा यसको सेवनले शरीर सुन्निएको समस्या पनि कम हुन्छ ।

–नियमित रूपमा भटमासको सेवन गर्नाले मुटु पनि स्वस्थ रहन्छ । जसले गर्दा मुटुसम्बन्धी बिमारीहरूको खतरा पनि कम हुन्छ ।

–भटमासमा फाइबर र प्रोटिन भरपुर मात्रामा हुन्छ, जसले तौल घटाउन सहयोग गर्छ । यसको सेवनले पाचन प्रणाली पनि बलियो बन्छ ।

–क्याल्सियम, मिनरल्स आदिले भरपुर भटमास खानाले हड्डी बलियो हुनुका साथै यसले मांसपेशीहरूलाई पनि बलियो बनाउने काम गर्छ । सही मात्रामा यसको नियमित सेवनले चिसो आदिले हुने जोर्नी दुखाइहरू पनि कम हुन्छ ।

–गर्भावस्थामा भटमासको सेवन गर्नाले भ्रूणको विकास तीव्र गतिमा हुन्छ र महिलाहरूमा हुने शारीरिक कमजोरी पनि कम हुन्छ ।

–त्यसो त भटमास शरीरका लागि एकदमै धेरै फाइदाजनक हुन्छ । तर तपाईँ यदि कुनै बिमारी हुनुहुन्छ वा कुनै एलर्जी छ भने डाक्टरको सल्लाहबाट मात्र भटमासको सेवन गर्नुहोस् ।

–एक दिनमा १०० ग्राम भटमासको सेवन गर्न सकिन्छ । यसलाई तपाईँ तरकारी, सलाद आदि बनाएर पनि खान सक्नुहुन्छ । यसलाई पानीमा उमालेर वा सुख्खा भुटेर पनि सेवन गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment