अफगानिस्तानको आठ विकेट गुम्यो, दीपेश कँडेलले लिए विकेट

१२ माघ, काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको आठौं विकेट लिएको छ। नेपालका स्पिनर दीपेश कँडेलले आठौं विकेट लिएका हुन्।

२१औं ओभरको समाप्तिसँगै अफगानिस्तान ८ विकेटको क्षतिमा ८८ रन बनाएर खेल्दैछ। यसअघि नेपालका आकाश चन्दले पाँच विकेट,र गुल्सन झाले १ विकेट तिलक भण्डारीले १ विकेट लिएका थिए।

टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको थियो। नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए। त्यसपछि निरन्तर विकेट चन्दले लिएका छन्।

११ ओभर सकिँदा अफगानिस्तानले ४३ रन बनाएको छ। यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्नेछ।

नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment