यो साता दिन बिराएर तीन फिल्म रिलिज हुँदै, बुधबार हलिउडको ‘आक्वाम्यान २’

०२ पुस, काठमाडौं । यो साता दिन बिराएर तीन विदेशी फिल्म नेपालमा रिलिज हुने पक्का भएको छ । बुधबारदेखि सुरु हुने रिलिजको श्रृंखला शुक्रबारसम्म हुनेछ । यसअघि यस्तो दृश्य दशैंमा लियो, गणपत र भष्मे डनमा देखिएको थियो ।

रिलिजको यो प्रवृत्ति बक्स अफिसमा नौलो हो । आउने बुधबार नेपालमा हलिउडको प्रतीक्षित फिल्म ‘आक्वाम्यान २’ रिलिज हुनेछ । बिहीबार शाहरुख खान स्टारर ‘डंकी’ र शुक्रबार प्रभास स्टारर ‘सलार’ प्रदर्शनमा आउनेछन् ।

रोचक कुरा के छ भने यी तीनै फिल्मको वितरक एप्पल इन्टरटेनमेन्ट हो । एप्पलले आफ्ना यी तीन ठूला फिल्मको ओपनिङ प्रभावित नहोस् भन्नका लागि दिन बिराएर रिलिज गर्न लागेको देखिन्छ ।

तीनै फिल्म दर्शकको पर्खाइमा रहेकाले पनि दर्शकलाई दिन बिराएर फिल्म हेर्न अनुकूल हुने देखिन्छ । हलहरुले सोमबार ‘आक्वाम्यान २’ को एड्भान्स टिकट बिक्री पनि थालिसकेका छन् । जेसन मोमोआ स्टारर यो फिल्म थ्रीडी प्रविधिमा नेपालमा प्रदर्शन हुन लागेको हो ।

यसैबीच, आईएनआई, वान सिनेमाजसहितका केही हलले सोमबार बिहानदेखि ‘डंकी’को अग्रिम टिकट बिक्री पनि थालेका छन् । जसअनुसार बिहीबारको पहिलो शो लगभग सोल्डआउट हुने स्थितिमा देखिन्छ । आईएनआईमा बिहान ७ बजेको शोको अकुपेन्सी ६० प्रतिशत नाघिसकेको छ ।

कमाइका हिसाबले आगामी सप्ताहन्त महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment