मौसम जानकारी: कोशी र मधेशमा हल्का वर्षा

२२ मंसिर, काठमाडौं । आज कोशी प्रदेशका पहाडी इलाकामा हल्का वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।

विभागका अनुसार कोशीका थोरै र मधेशमा १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशीका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

हाल नेपालमा पश्चिमी वायुका साथै भारतको छत्तिसगढमा विकसित निम्न चापीय प्रणालीको पनि आंशिक प्रभाव छ।

आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशीको पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशीको पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।



मल्टिमिडिया ग्यालरी

#arthanews#digitalarthanewsarthanewsbusinesscoviddigitalDigital artha newsDigital NewspaperdigitalkhabarelonmuskFacebookGaneshInternationalkhabarMountainnepal governmentocronavirusPokharaPoliticspopkorn mediapopkornmediapopkorntvRasifaltapaiko aajatechnologyTikToktourismtouristTwitterxYoutube
Comments (0)
Add Comment