एनआईसी एसिया बैंकको नाफा घट्यो 

१७ कार्तिक, काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकमा गिरावट देखिएको हो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशत कम आएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशत घटेको छ भने खुद कमिशन आम्दानी २७.४१ प्रतिशत बढेको छ।
त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११.११ प्रतिशत र सञ्चालन मुनाफा ३८.९४ प्रतिशत घटेको तथ्यांकमा उल्लेख छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ६४ करोड ४३ लाख पुगेको छ भने असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप १६.७९ प्रतिशत बढेको छ भने कर्जा १२.३५ प्रतिशत बढेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthNewsNIC AsiaPolitic
Comments (0)
Add Comment