सेयर बजार बढ्दा कारोबार रकम घट्यो

१४ जेठ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३.९३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २११३ अंकमा पुगेको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो ।

१४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो, ८ को स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै १.८ प्रतिशत बढ्यो । विकास बैंक २६, फाइनान्स २९, हाइड्रोपावर ६, जीवन बीमा ४१, उत्पादन ५०,र माइक्रोफाइनान्स १९ अंक बढे । बैंकिङ ८, होटल तथा पर्यटन २६ तथा निर्जीवन बीमा समूह २४ अंक घटे ।

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिन्चोक दर्शनको ९.७, पोखरा फाइनान्सको ८.४, नेपाल रिपब्लिक मिडियाको ६, ग्लोबल आईएमई लघुवित्तको ६, हाथवे इन्भेस्टमेन्टको ५.३ प्रतिशत मूल्य बढ्यो । बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । सिक्लेस हाइड्रोेपावरको ३.१ तथा उपकार लघुवित्तको मूल्य २.९ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया, सीईडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, हाथवे इन्भेस्टमेन्ट कम्पनी र कालिन्चोक दर्शन क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment