१७ अंकले घट्यो नेप्से, करिब २ अर्बको कारोबार

२२ जेठ, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । १५ जेठमा आएको बजेटपछि लगातार उतारचढाव देखिएको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकको गिरावट भएर बन्द भएको हो ।

सोमबार नेप्से १७.३८ अंकको गिरावट हुँदा १९०१.९९ अंकको विन्दुमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४६ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक १.६७ प्रतिशत, अन्य उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बढेको छ । आइतबार करिब १ अर्ब ६६ करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब ९७ करोड ३५ लाखको कारोबार भएको छ । ३६ हजार ५६८ वटा कारोबारमा ५६ लाख २० हजार ३८१ कित्ता सूचीकृत धितोपत्र किनचेब हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १९ करोड ९० लाखको कारोबार हुँदा आईएमई जनरल इन्स्योरेन्सको ९ करोड ८४ लाख र चिलिमे हाइड्रोपावरको ९ करोड १९ लाखको कारोबार भएको छ ।

नेप्सेमा सोमबार कुल २२० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १६६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ४६ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये रिभर फल्स पावर लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य ५.८८ प्रतिशतले वृद्धि हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य ५.२२ प्रतिशत र बीपीडब्ल्यूको लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले वृद्धि भएको छ ।

अर्कोतर्फ शिवम् सिमेन्टको सेयरमूल्य ४.५० प्रतिशतले गिरावट हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य ४.३४ प्रतिशत र मेरो माइक्रोफाइनान्स सेयरमूल्य ४.३० प्रतिशतले गिरावट भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment