विदेशबाट नेपाल आउने यात्रुलाई अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने

१९ जेठ, काठमाडौैं । विदेशबाट नेपाल आउन अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै खोपको प्रमाण नचाहिने र कोरोनाकै लागि मास्क अनिवार्य नगर्ने व्यवस्था गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय स्तरमा नै कोरोनाका कारण आपतकालीन अवस्था नरहेको र अधिकांश जनसंख्याले पूर्ण खोप लगाइसकेकाले एआईपी प्रोटोकल परिवर्तन गरिएको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment