तमोर जलाशययुक्त आयोजनाबारे पावर चाइनासँग स्पष्टीकरण माग

१४ जेठ, काठमाडौं । लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको काम सम्झौता अनुसार नभएको भन्दै प्रस्तावकसँग पत्राचार गरी स्पष्टीकरण माग गर्ने भएको छ।

आइतबार बसेको लगानी बोर्डको बैठकले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको कुनै प्रगति नभएपछि पत्राचार गर्ने निर्णय गरेको हो। लगानी बोर्डले चिनियाँ कम्पनी पावर कन्स्ट्रक्शन कर्पोरेशन अफ चाइना लिमिटेड (पावर चाइना) ले निर्माण गर्ने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको बारेमा पत्राचार गर्ने निर्णय गरेको हो।

चिनियाँ र नेपाली लगानीमा निर्माण हुने भनिएको आयोजनाको काममा कुनै प्रगति नभएपछि लगानी बोर्डको बैठकले आयोजना बनाउने/नबनाउने भन्ने विषयमा पत्राचार गर्ने निर्णय भएको लगानी प्रवक्ता अमृत लम्सालले बताए।

उनले दुई कम्पनी र लगानी बोर्डसँग भएको सम्झौताबारे छलफल भएको बताए। अरुण तेस्रो जलविद्युत आयोजनासहित विदेशी लगानीबाट निर्माण हुने र निजी क्षेत्रबाट सञ्चालन भइरहेका परियोजनालाई राज्यले प्राथमिकता दिने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड दिएको पनि जानकारी दिए।

उनले सो अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रिय हीत अनुकूल हुनेगरी कार्य गर्न पनि निर्देशन दिएको बताए। बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकासको लागि एसजेभिएन लोअर अरुण पावर डेभलपमेण्ट कम्पनीसँग गरिने परियोजना विकास सम्झौताको सहमति अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पठाउने निर्णय गरेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment