बहुप्रतीक्षित चलचित्र ‘टुल्की’ जेठ १२ मा रिलिज हुदै ,पोस्टर सार्वजनिक

२१ बैशाख, काठमाडौं । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’ जेठ १२ गतेदेखि देशव्यापी प्रदर्शन हुने भएको छ । फिल्मले बिहीबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा ‘छक्कापञ्जा ४’ तथा ‘कबड्डी’ फेम्ड अभिनेता शिशिर बाङ्देल र स्वस्तिमा कार्की चित्रित छन् ।

पोस्टर सार्वजनिक गरेसँगै फिल्मले प्रचार अभियान थालेको जनाइएको छ । महिला प्रधान यो फिल्मको पोस्टरमा शीर्ष पात्र समेत रहेकी स्वस्तिमालाई स्थान दिइएको छ । ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको फिल्मको गीत र ट्रेलर आगामी साता सार्वजनिक हुने भएको छ ।

फिल्मलाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो । फिल्ममा देव थापाको निर्देशन, सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माताको रुपमा छन् ।

फिल्मको पटकथा शेखर लामाले लेखेका हुन् । शिशिर र स्वस्तिमासहित फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ । फिल्मलाई डिजिटल सिनेमा नेपाल र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएका छन् ।

फिल्मलाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो । फिल्ममा देव थापाको निर्देशन, सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माताको रुपमा छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment