बीमाको पहुँचमा साढे ४४ प्रतिशत जनसंख्या, वैदेशीक रोजगार बीमा ७१ % ले बढ्यो

२१ बैशाख, काठमाडाैं । बीमाको पहुँच तथा दायरा क्रमिक रुपमा बढ्दै गएको छ । हालसम्म कुल जनसंख्याको साढे ४४ प्रतिशतभन्दा बढी नागरिकमा बीमाको पहुँच पुगेको छ ।

बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आवको चैत मसान्तसम्मको तथ्यांक अनुसार कुल जनसंख्याको ४४.५५ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको हो । म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख समेत गरी बीमाको पहुँच साढे ४४ प्रतिशत बढी नाघेको प्राधिकरणले जनाएको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणका अनुसार सरकारी योजना, प्राधिकरण, बीमा कम्पनी तथा सम्बद्ध पक्षको प्रयासमा बीमाको पहुँच वृद्धि भएको हो। प्राधिकरणका अनुसार यसमा म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख समेत समावेश गरिएको छ ।

प्राधिकरणबाट भएका नीतिगत एवम् कानूनी सुधारबाट आगामी दिनमा बीमाको दायरा अझै बढ्ने अपेक्षा गरिएको छ । दायरा तथा पहुँच बिस्तारसँगै बीमा व्यवसाय विकसित, व्यवस्थित, अनुशासित र विस्तारित हुँदै गएको प्राधिकरणको भनाई छ ।

प्राधिकरणका अनुसार वैदेशिक म्यादी, लघु र वैदेशिक रोजगार बीमा बाहेक बीमाको पहुँचमा भने १७.४३ प्रतिशत जनसंख्या रहेको छ । वैदेशकि रोजगार बोहक म्यादी, लघु सहित भने बीमाको पहुँचमा ३९.७४ प्रतिशत जनसंख्यामा पहुँच पुगेको छ ।

प्राधिकरणका अनुसार गत आवको यसै अवधिको तुलनामा म्यादी, लघु र वैदेशिक रोजगार बीमा बाहेकको बीमालेखको संख्या १७.०७ प्रतिशतले बढेको छ ।

त्यस्तै म्यादी र लघु बीमाको संख्या १५.४७ प्रतिशतले बढ्दा वैदेशीक रोजगार बीमाको सख्या ७१.१२ प्रतिशतले बढेको छ ।

यस अवधिमा कुल बीमालेखको संख्या २०.१४ प्रतिशतले बढ्दा र्निजीवन बीमाको संख्या भने ०.४२ प्रतिशतले घटेको छ । जीवन बीमाशुल्क संकलन २.१४ प्रतिशतले बढेकोमा निर्जीवन बीमाशुल्क संकलन ४.५८ प्रतिशतले बढेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment