मेसीले पार गरे १०० अन्तर्राष्ट्रिय गोलको ‘कोशेढुङ्गा’

१५ चैत, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन्। बुधबार बिहान कुराकाओसँगको मैत्रीपूर्ण खेलमा मेसीले १०० गोलको ‘कोशेढुङ्गा’ पार गरेका हुन्।

अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि १०० गोल पूरा गर्ने मेसी पहिलो खेलाडी पनि बनेका छन्। विश्व फुटबलको इतिहासमा राष्ट्रिय टिमका लागि १०० गोल पूरा गर्नेमा मेसी तेस्रो खेलाडी बनेका छन्।

यस्तो रेकर्ड बनाउनेमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो नम्बरमा छन्। उनले राष्ट्रिय टिमका लागि अहिलेसम्म १२० गोल गरेका छन्। यस्तै, इरानका पूर्व खेलाडी अलि डेइ दोस्रो नम्बरमा छन्। उनले १०९ गोल गरेका छन्।

कुराकाओसँगको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका मेसीले राष्ट्रिय टिमका लागि १०२ गोल संख्या पूर्‍याएका छन्। मेसीले अर्जेन्टिनाकाल लागि अहिलेसम्म १७४ म्याच खेलेका छन्।

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले सन् २०२० मा स्वीडेनविरुद्धको खेलमा १०० अन्तर्राष्ट्रिय गोल पूरा गरेका थिए। रोनाल्डोले १०० गोलको कीर्तिमान बनाउनु अगाडि उक्त कीर्तिमान इरानका पूर्व खेलाडी अलि डेइको नाममा थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment