सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि बढाइयो सुरक्षा

०६ चैत, मुम्बई । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ। यसका साथै ग्याङस्टार लरेन्स बिस्नोई र गोल्डी बरारका साथै एक अन्यबिरुद्ध एफआइआर दर्ज गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार इमेल हिन्दीमा लेखिएको छ। त्यहाँ भनिएको छ, ‘गोल्डी भाइ (गोल्डी बरार) सलमान खानसँग आमने-सामने बसेर कुराकानी गर्न चाहनुहुन्छ।’

प्रहरी अधिकारीको भनाइ उद्घृत गर्दै पीटीआईले लेखेको छ, ‘लरेन्स बिस्नोई र गोल्डी बरारको अलवा रोहित नामको व्यक्तिविरुद्ध पनि एफआइआर दर्ता गरिएको छ।’

पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डी पञ्जावी गायक सिद्धु मुसेवालाको हत्याका अभियुक्त हुन्।

म्यासेजमा लेखिएको थियो, ‘बिस्नोईको अन्तर्वार्ता हेर्‍यौ होला। यदि देखेका छैनौ भने हेर्नुपर्छ। यदि यो मामला टुंग्याउन चाहन्छौ भने गोल्डी भाइसँग आमने-सामने बसेर कुरा गर्नुपर्छ।’

अहिलेसम्म समय रहेको बताउँदै अर्कोचोटी झट्का देखिने लेखिएको छ। उक्त धम्कीसँगै सलमानको सुरक्षा बढाइएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment