एनआईसी एशिया बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा, संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता

२० वैशाख, काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

इन्स्योरेन्सको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकले आफ्नो नाममा कायम रहेको संस्थापक सेयर मध्ये ३ लाख कित्ता सेयर बिक्री गर्न निवेदन दिए बमोजिम इन्स्योरेन्सले सेयर बिक्री लागेको हो ।

सेयर खरिदको लागि पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई नै दिइएको छ । इच्छुक लगानीकर्ताले ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आफूले लिन चाहेको शेयर संख्या र दर उल्लेख गरी रितपूर्वकको शिलबन्दी बोलपत्र पेस गर्नुपने छ ।

उक्त सेयरमा संस्थापक सेयरधनीहरुबाट आवेदन नआएमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने इन्स्योरेन्सले जनाएको छ । सेयरको न्यूनतम बिक्री मूल्य २१० रुपैयाँ तोकिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment