रोकिएन सुनको बढ्ने क्रम, एकैदिन १६ सयले वृद्धि

३० फागुन, काठमाडाैं । स्थानीय बजारमा मंगलबार सुनकाे भाउ एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।

सोमबार १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार छापावाला सुन मंगलबार १६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यपसायी महासंघका अनुसार आज तेजाबी सुन तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि हिजो तेजावी सुन १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता सोमबारको तुलनामा आज चाँदीको भाउ पनि बढेको छ । सोमबारको तुलनामा चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । सोमबार तोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९०२.७ र चाँदी प्रतिऔंस २१.६२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment