सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

२३ फागुन, काठमाडाैं । मंगलबार सुनको भाउमा सामान्य गिरावट आएको छ ।

आइतबार १ लाख २ हजार ८ सयमा कारेबार भएको सुन मंगलबार आज ३०० रुपैयाँले घटेर १ लाख २ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको हो ।

यता मंगलबार तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन आइतबार १ लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४८.११ र चाँदी प्रतिऔंस २१.०९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment