बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

२३ फागुन, काठमाडाैं । बिपिडब्लु लघुवित्तको आइपीओमा मंगलबारसम्म मात्र आवेदन दिन सकिने छ ।

लघुवित्तले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

सोमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता सेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार बिहान ६ः२३ सम्म १३ लाख १९ हजार ३९ आवेदन मार्फत १ करोड ४४ लाख ९८ हजार ४ सय २० कित्ताका लागि आवेदन परेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment