निरन्तर घट्दै सुनको भाउ, चाँदीमा पनि गिरावट कायमै

१५ फागुन, काठमाडाैं । गत फागुन ७ गते देखि सुनमा निरन्तर गिरावट आएको छ । गत फागुन ७ गते १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज सोमबार (फागुन १५) गते १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अवधिमा सुनमा प्रतितोला १४ सय रुपैयाँले गिरावट आएको हो ।

आज सुन २०० रुपैयाँले घट्दै १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो यता आइतबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीमा पनि गिरावट आएको छ । आज चाँदी ५ रुपैयाँले घट्दै १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने सुन र चाँदीको भाउका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८०८ अमेरिकी डलर र चाँदी प्रतिऔंस २०.६२ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment