मनले घर छाडेर हिंडेको धेरै भयो

सफर पाेखरेल

०३ फागुन, काठमाडाैं ।


मनले घर छाडेर हिंडेको धेरै भयो

कतै देख्यौ, भेट्यौ वा चिन्यौ भने,
त्यो मनलाई फिर्ता पठाइदेऊ है!

जान त
तिमीसम्मै जान्छु,
तिमीलाई भेट्छु
भनेर हिंडेको हो मन

यतिका समय बितिसक्दा पनि
न मनको कुनै खबर आयो,
न तिमीले कुनै समाचार पठायौ

कि त
मेरो मनलाई सम्झाएर फर्काइदेऊ

न भए
त्यसलाई उतै राखेको
खबर पठाइदेऊ!

। मायामा ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment