मेयर बालेन भन्छन्: ‘यो देशले सज्जनलाई लाचार बनाउँछ’

१३ पुस, काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन्।

शुक्रबार राती सामाजिक सञ्जालमा कविता लेख्दै मेयर बालेनले यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका हुन्।

यस्तो छ बालेनको कविता

यो देशले सज्जनलाई लाचार बनाउँछ,
लाचारलाई मर्न बाध्य बनाउँछ ,
मर्न नसकेकोलाई अपराधी बनाउँछ,
अपराध पछि आफू उठ्ने माध्यम बनाउँछ।
यो देशले मुर्दाघर बनाउँछ,
बाच्ने ठाउँ दिँदैन ,
परिस्थितिले लासको दर बनाउँछ,
मान्छेलाई भाउ दिँदैन।

शुक्रबार ईपिएस भाषा परीक्षा दिन मा गर्दै युवाहरू प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनमा उत्रेका उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका युवाहरुले सार्वजनिक गाडी तोडफोड गरेको थिए।

त्योसँगै उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी आगजनी गरेका थिए। गाडी आगजनीसँगै बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment