प्रभु इन्स्योरेन्सको साधारण सभा फागुन २३ मा हुने

०१ फागुन, काठमाडाैं । प्रभु इन्स्योरेन्स लिमिटेडले फागुन २३ गते मंगलबार २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे सभा सुरू हुनेछ ।

उक्त सभाले चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसन गर्न सफल नभएमा भने बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पु¥याउन आवश्यक मात्रामा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच गत असार ३२ गते मर्जरका लागि सम्झौता गरेको थियो । तर पछिल्लो समय स्वाप रेसियो र सीईओमा कुरा नमिलेपछि अन्तिम समयमा आएर रद्द भएको थियो । प्रभुले हालसम्म अन्य कुनै कम्पनीसँग मर्जरका लागि सम्झौता गरेको छैन ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १२ गते शुक्रबार बुकक्लोज गर्ने मिति तोकेको छ । यस आधारमा फागुन ११ गते बिहीबारसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment