होटल दियालोको आम्दानीमा आकर्षक वृद्धि, ८१ प्रतिशतले बढ्यो कारोबार

२४ माघ, काठमाडाैं । होटल दियालोको आम्दानी सन् २०२२ मा आकर्षक सुधार देखिएको छ । कम्पनीको आम्दानी सन् २०२२ मा ९ करोड ८० लाख रुपैयाँ पुगेको हो ।

कोभिड–१९ संक्रमण कम हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा भएको वृद्धिका कारण होटलको आम्दानी २०२१ को तुलनामा २०२२ मा ८१ प्रतिशतले बढेको हो ।

सन् २०२१ मा ५ करोड ४० लाख रहेको होटलको आम्दानी सन् २०२२ मा बढेर ९ करोड ८० लाख पुगेको छ । कम्पनीको आम्दानीमा सुधार भएसँगै अन्य वित्तीय सूचांकहरु पनि राम्रो देखिएका छन् । ह्रास कट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघिको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको ३३.३२ प्रतिशत रहेको छ ।

सन् २०२२ मा उक्त नाफा १९.८५ प्रतिशत रहेको थियो । यस्तै होटलले लिने कर्जाको ब्याज तिर्न सक्ने क्षमता कुल कर्जाको ०.५८ गुणा रहेको छ । जुन सन् २०२१मा ०.१८ गुणा थियो ।

बैठक, कन्फेरेनस र स्कूल तथा कलेजहरुको शैक्षिक भ्रमण, एक्जीभिसन र इन्सेन्टीभ्सका कारण होटलको अकुपेन्सी बढेको छ । जसकारण होटलको आम्दानी बढेको हो । यस्तै होटल वीरगंजको आदर्श नगरमा अवस्थित रहेका छ ।

वीरगञ्जलाई गेटवे अफ नेपाल भनिँदै आएको छ । जसकारण भारतबाट नेपाल आउने पर्यटकहरुको आकर्षणमा होटल परेको छ । साथै नेपालको प्रमुख औद्योगिक सहर नै वीरगञ्ज रहेका कारण होटलमा निरन्तर बैठक तथा कन्फेरेन्स हुने गरेका छन् । जसकारण पनि कम्पनीको आम्दानी बढेको छ । होटल दियालोले भारतको “लर्डस इन होटल एन्ड डेभलपर्स लिमिटेड” होटल चेनसँग सम्झौता गरी ‘दियालो लर्डस प्लाजा’ को नामबाट सञ्चालनमा आएको छ ।

होटलको अध्यक्ष तथा प्रबन्ध निर्देशक ट्रेडिङ र उत्पादन क्षेत्रमा २६ वर्ष लामो अनुभव बटुलेका सुनिल कुमार रङ्गाटा रहेका छन् । यस्तै कम्पनीको निर्देशक विशाल पटवारी हुन् । होटलमा अम्बे सिमेन्ट तथा माँ दुर्गा फुड्स प्रालिको निर्देशक लिला अग्रवालको समेत लगानी रहेको छ । होटलका सञ्चालक समितिका मानिसहरुको अनुभव र उनीहरु संलग्न भएका कम्पनीहरु होटलका प्रमोटर रहेका कारण पनि होटललाई वित्तीय रुपमा सहयोग पुगेको छ ।

यस्तै नेपाल सरकारले पर्यटन प्रवद्र्धन प्राथमिकतामा राखी नीति तथा कार्यक्रमहरु घोषण गरेको छ । यसले पनि होटलको आम्दानी बढ्ने देखिन्छ ।

होटलले ७० करोड कर्जाका लागि रेटिङ गराएको छ । ६५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले होटललाई डबल माइन्स रेटिङ गराएको छ । यस्तै ५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment