जेहो ब्राण्डको स्कुटर

११ जेठ, काठमाडौं । विश्व विख्यात दुईपांग्रे ब्राण्ड सिएफ मोटो तथा जेहो ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले सिएफ मोटोकोको एनके २५०, एसआर २५०, एनके ४५० तथा जेहो एइ ६ एलआर ब्याट्री र सिटी स्पोट्र्स मोडलहरू सार्वजनिकसँगै टेष्ट ड्राइभ तथा बुकिङसमेत खुला गरेको छ ।

सिएफ मोटोका उत्पादनलाई उत्कृष्ट बिक्री, सहज स्पेयर पार्ट्स उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहकलाई सहज सेवा सुविधा दिने हेतुले व्यापारिक समूह रिलायन्स ग्रुप सिएफ मोटो तथा जेहोलाई नयाँरूपमा बिक्रीवितरण रणनीतिसहित नयाँ आधिकारिक बिक्रेताका रूपमा छनोट भएको हो ।

विभिन्न उमेर समूह लक्षित सिएफ मोटोका उत्पादन र विद्युतीय सवारीसाधन रोज्नेका लागि जेहो ब्राण्डले नेपालमा नयाँ कोशेढुंगा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ । सिएफ मोटो तथा जेहोका उत्पादनको टेष्ट ड्राइभ तथा बुकिङ कम्पनीको नक्साल, झम्सीखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरुममा गर्न सकिने कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment