सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

१२ माघ, काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । गत मंगलवारकोे रेकर्ड तोड्दै सुनको भाउले विहीबार नयाँ कीर्तिमान कायम गरेको हो ।

बिहीबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

गत मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम थियो । बुधबार प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतिोला १३ सय ६५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भएकोे छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment