सुनको भाउ घट्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

१७ वैशाख, काठमाडाैं । सोमबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य सोमबार सोही भाउले गिरावट आएको हो ।

सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३३२ दशमलव ७१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर २८ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment