दुई दिनमा प्रतितोला ३८ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार ५०० रुपैयाँले बढ्यो

१२ वैशाख, काठमाडाैं । सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । दुई दिनमा ३८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ५०० रुपैयाँले बढेको हो । सुनको भाउ सोमबार प्रतितोला ११ सय रुपैयाँ र मंगलबार प्रतितोला २७ सय रुपैयाँ घटेको थियो ।

बुधबार छापावाला सुनको भाउ १ लाख ३६ हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलाको १० रुपैयाँ घटेको हो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३२७ दशमलव ३६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ४३ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNews
Comments (0)
Add Comment