सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२० वैशाख, काठमाडाैं । बिहीबार सुनको भाउ २ हजार रुपैयाँले बढेको छ । बुधबार २७ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार २ हजार रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३१९ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर २८ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment