राष्ट्रपति भण्डारीसँग चलचित्रकर्मीको अन्तरक्रिया

१० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चलचित्रकर्मीहरुले अन्तरक्रिया गरेका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उक्त अन्तर्क्रिया कार्यक्रममार्फत् चलचित्र क्षेत्रका आवश्यक मुद्दाकेन्द्रित माग पेस गरेको बताएका छन्।

केसीले आफ्नो आधिकारिक फेसबुकमार्फत् लेखेका छन्, ‘हामीले प्रस्तुत गरेका सम्पूर्ण मुद्दाहरूमा उहाँले सम्बोधन हुने विश्वास व्यक्त गर्नुभएको छ।’

चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गरिनुपर्ने, राष्ट्रिय चलचित्र उद्योगलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने, यसलाई नेपालको अर्थतन्त्रको प्रमुख हिस्सा बनाउन राज्यले नै विभिन्न तवरले भूमिका खेल्नुपर्ने, चलचित्रकर्मीहररूलाई दुःखमा सहयोग गर्ने चलचित्र कल्याण कोषमा राज्यको तर्फबाट रकम थप गरिनुपर्ने माग राखिएको छ।

यस्तै बैंकिङ कर्जा, भन्सार छुट, पर्यटकीय थलोमा छायांकन, आगामी बजेटमा चलचित्रलाई उचित सम्बोधन हुनुपर्ने, चलचित्र ऐन लागू गर्नुपर्ने लगायतका विषयका मुद्दा राष्ट्रपति भण्डारीलाई पेस गरिएको केसीले उल्लेख गरे।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment