काम र काेठा नपाएकाहरुलाई कथा सुनाउदै NRNA पाेर्चुगल (तिताेसत्य ब्यांग्यात्मक संबाद)

याेगेन्द्र खरेल

०४ माघ, लिस्वाेन पाेर्चुगल । निकै चिसाे हावा चलिरहेकाे र आकाश डम्म बादलले घेरिएकाे माैसममा , छाेटाे समयका लागि बादलकाे बिचबाट झुर्लुक्क झुल्केका सुर्यले दिएकाे ताप निकै मज्जाकाे छ l पार्ककाे चारै तिर चारै रुपरंग भएका मानिसहरु न्यानाे घामकाे मज्जा लिदै गफिएका थिए l काेहि दुखपिडा साटिरहेका थिए त काेहि सुख र खुसि सुनाई रहेका थिए l त्याे पार्कमा सुनिएका भाषा फरक फरक भए पनि उनिहरुका बिषयवस्तु लगभग मिल्दाजुल्दा नै थिए l यहि परिदृश्यका बिच बिचमा एउटै भाषा तर फरक फरक शैलिमा चाय चाय समाेसा समाेसा भनिरहेका शब्दहरु कानमा ठाेक्किरहन्थे l

यि र यस्तै दृश्यपरिदृश्य नियालिरहेकाे थिए आज मैले l आज याे पार्कमा आज म संगसंगै थिएँ र पनि एक्लै थिए l चारै तिर नियालिरहेका मेरा आँखा चारपाँच जना युवाहरु गफिएकाे ठाँउमा गएर टक्क राेकिए l केहि आशामुखि र केहि निराशामुखि देखिने ति अनुहार नेपालि जस्तै देखिन्थे l टाढाबाट कुरा प्रष्ठ नबुझिए पनि नेपालि भाषा मै गफिए जस्ताे लाग्दथ्याे l कहिले मज्जाले गफिने त कहिले सन्नाटा छाएजस्ताे देखिने त्याे ग्रुपका कुरा सुनाै सुनाै लाग्याे मलाई पनि l खल्तिबाट फाेन निकालेँ आउदै नआएकाे कल रिसिभ गरेँ बाेल्दै नबाेलेकाे मान्छेलाई सन्चाेबिसन्चाे साेध्दै त्यहि ग्रुपकाे नजिकै पुगेँ र भुँई पुच्दै टुक्रुक्क बस्दै ल ल अहिले म बाहिर छु फेरि गफ गराैला भन्दै बाेल्दै नबाेलेकाे मान्छे संगकाे कुराकानि टुंग्याए l याे सबै त्याे ग्रुपसम्म पुग्ने र तिनिहरुका दुखसुख सुन्ने एउटा बाहाना मात्र थियाे l

उनिहरुका कुराकानिका आधारमा हेर्दा पाेर्चुलका लागि काेहि नयाँ र काेहि पुराना रहेछन l बेला बेला हातमा रहेकाे फाेन तिर नजर डुलाउदै गफिएका मध्ये एकले भने याे काम र काेठा चाहियाे भन्ने बाहेक अरु कुनै सुचना देख्न पाईदैन याे पाेर्चुगलका नेपालि साेसल साईडहरुमा हैन हाे कत्ति गाह्राे भयाे नि काेठा र काम पाउन याे पाेर्चुगलमा l कतै काेठा खालि छ कामकाे अवसर छ भन्ने सुचना देखिन्छ कि भन्ने आशाले माेबाईल हेर्याे खै के खै के l हाेस्टलमा बेराेजगार भई बसेकाे पनि आज बाईस दिन भएछ , राेमनियाबाट आउदा ल्याएकाे पैसा सक्किएर नेपालबाट मगाऍकाे पैसा पनि सिध्दिनलाई आईयु आईयु भा छ l हाेईन हाे NRNA लगाएतका बिभिन्न संघसस्थाहरुले याे बेला काम काेठा खाेज्न सहजिकरण गर्नु नि के रमिता हेरेर बसेका हाेलान हँ ? थाेरै आँशाबादि र धेरै आक्राेस भरिएकाे शैलिमा गुनगुनाउदै थिए उनि l

यत्तिकै मा माेबाईमा धेरै समय ध्यान दिएका एक जना प्याच्च बाेले: लाै लाै NRNA पाेर्चुगलले अब हामिलाई सहयाेग गर्ने भएछ नि l निकै आशाबादि हुँदै पहिलाे ले साेधे : के सहयाेग गर्ने भएछ नि NRNA ले ? दाेस्राे बाेले : हामि काम र काेठा नपाएकाहरुलाई NRNA पाेर्चुगलले च्यारिटि शाे मार्फत कथा सुनाउने रे l

पहिलाे फेरि बाेले : मजाक नगर्न यार l

याे मजाक हाेईन NRNA पाेर्चुगल कै पेँजमा छ याे सुचना l लाै सुन लाै सुन l

पोर्चुगलको कार्यक्रम अब ५ दिन मात्र बाँकी !

विषय : कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध ।

आदरणीय पोर्चुगलबासी दिदीबहिनी तथा दाजुभाइहरु,
सादर नमस्कार !

पोर्चुगलमा नेपालीहरुको निरन्तर बढ्दो आगमन र उपस्थिति संगै समुदायमा भौतिक, मानसिक लगायतका अनेकौं खालका समस्याहरु पनि दिनहुँ वृद्धि हुँदै गइरहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै व्यक्ति, समुह र समुदायमा उत्साह र उर्जाशील जीवन, सफल, प्रेरणादायी एवं अर्थपूर्ण भविष्यका लागि सकारात्मक उर्जा भर्न र असल सन्देश प्रवाह गर्ने हेतुले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, पोर्चुगल (NRNA-NCC, PORTUGAL) को आयोजनामा चर्चित, उर्जाशील र प्रेरक वक्ता (Motivational Speaker & Story Teller ) Saigrace Pokharel साइग्रेस पोखरेलको उपस्थितिमा विशाल सहभागिता सहितको उर्जामय र सकारात्मक सन्देशमूलक
(Motivational Programme)
कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रमको मिति, समय र स्थान :

लिस्बन :

मिति : २३ जनवरी २०२३, सोमबार ।
समय : दिनको ३:०० बजे
स्थान : Alameda Mahatma Gandhi
1600-500, Lisbon (राधाकृष्ण मन्दिर )

जम्बुजेइरा : Zambujeira Do Mar

मिति : २२ जनवरी २०२३, आइतबार ।
समय : दिनको ३:०० बजे ।
स्थान : Sala de Zambujeira Do Mar

धन्यवाद !

  • गैरआवासीय नेपाली संघ (NRNA-NCC, Portugal), पोर्चुगल ।

याे सुचना सुनाउदै उनि बाेले : तत्कालिन यहाँकाे समस्या भनेकाे काम र काेठा नै हाे , यहि काम र काेठा नपाएर भाैतिक र मानसिक समस्यामा परेकाहरुलाई प्रेरणादायि कथा सुनाउने रे बुझिस ?

पहिलाे फेरि बाेले : काम कुराे एकातिर कुम्लाे बाेकि ठिमितिर भन्या यहि हाेला l काम र काेठा नपाएकाहरुलाई काम र काेठा खाेज्न सहजिकरण गर्ने याेजना ल्याउला भनेकाे त कथा सुनाउने महान याेजना ल्याएछाै l वाह ! धन्य छाै NRNA पाेर्चुगल l माेर्ने बेला हरियाे काँक्राे उनि थनथनाउदै बाेले l

दाेस्राे ब्यक्ति पनु: बाेले – पिर नगर् न यार l हाेस्टलकाे साहुले पैसा माग्दा NRNA ले सुनाएकाे कथा सुनाउला , खाना खाएपछि बिल लिएर आएकाे वेयटरलाई NRNA काे कथा सुनाउला अब काम काेठा नपाए पनि भाैतिक आर्थिक र मानसिक समस्या मै नपरिने भैयाे है उनि ब्यांग्यात्मक शैलिमा बाेले र हाँस्दै भने ,NRNA पाेर्चुगलकि जय!!

पहिलाे ब्यक्ति पनि हाँस्दै बाेले :मृत्यु र समय निश्चित छ , बाहाना मात्र फरक हाे l राेगब्यादि , दुर्घटना , आत्महत्या यि फगत बाहाना मात्र हुन l जसरि र जुन समयमा मृत्यु लेखेकाे छ त्यसरि नै त्यहि समयमा उसकाे मृत्यु हुन्छ l आत्महत्या गर्न हिडेकाे मान्छे कथा सुनेर बस्दै र मृत्युले उसलाई कथा सुन्न पनि दिदैन , मृत्युले ताेकिएकाे ब्यक्तिलाई जसरि पनि लैजान्छ l चाहे कथा सुनाउँ चाहे कबिता,गजल,गितसंगित,भजनकृतन l टारेर टर्दैन याे l

यत्तिकैमा उक्त समुहमा एकजना नयाँ मान्छेकाे आगमन भयाे l जुत्ता संगै जिन्स पाएन्ट खैराे रंगकाे ज्याकेट लगाएका फिला कम्पनिकाे मैलाे मैलाे जस्ताे देखिने खालि जस्ताे झाेला बाेकेका , हातमा क्वाँके भएकाे ठुलाे छाता समाएका ति ब्यक्ति काे आगमन पश्चात सबै जना उठेर एक्कै साथ बाेले दाई नमस्कार …..l ति ब्यक्ति पनि नमस्कार नमस्कार भन्दै सबै संग हात मिलाउदै l देब्रे हातले टाउकाे मुसारिदिँदै सन्चाे बिसन्चाे साेध्न भ्याए l ति ब्यक्ति प्रति अरु भाईहरुले देखाएकाे सम्मान र ति ब्यक्तिले भाईहरु प्रति देखाएकाे प्रेम र आत्मियता छाेटाे तर निकै लाेभ लाग्दाे थियाे l

उनिहरु बिचलामाे भलाकुसारि भयाे चार पाँच बर्ष पाेर्चुगलकाे बसाईकाे क्रममा उनले भाेगेका दुख पिँडा संगै क्रमश: प्राप्ति हुदै गरेरका खुसिका पलहरु स्मरण गर्दै भाईहरुलाई सुनाउदै गए l भाईहरुले बडाे राेचकताका साथ सुन्दै हाैसला बढाउदै गए l उनले भने दुखमा आत्तिने र सुखमा मात्तिने मानिसले कहिल्यै प्रगति गर्दैन र सुखकाे अनुभुति पनि गर्दैन l उनले संस्कृत भाषाकाे एक लाईन श्लाेक सुनाउदै भने जिबन जिउने प्रेरणाकाे लागि धेरै कथा सुनिरहनु पर्दैन l बस् काफि छ –

दुखैस्या अन्तरम सुखम, सुखैस्या अन्तरम दुखम
दुखम सुखम मनुष्याणम चक्रवत परिवर्तते

पाेर्चुगलकाे बसाई सबैकाे सुखद रहाेस l जय नेपाल जय पाेर्चुगल

नाेट: यस संबादमा बाँकि रहेकाे प्रेरणादायि दाजुकाे यथार्थ भाेगाई आगामि अंकमा प्रकाशित गर्ने छाै धन्यबाद )



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment