लघुकथा : भँवराे

डा. विदुर चालिसे

१८ पुस, काठमाडौ । “प्राय मानिसहरू गफ गर्दा याैनका थाेपा चुहाउँछन् !”

एकादेशमा एउटा लठेब्रा राजा थिए । राजाकाे साथमा शासन र रानीकाे हातमा तान्त्रिक विद्या थियाे । तर उनीसँग जाेतिसी विद्या थिएन । उनले एकदिन तान्त्रिक विद्याकाे बलमा घाेषणा गरिन् ।

–“सागरकाे अमिलाे पानी सगरमा, सगरकाे हिउँ सागरमा !” माछाहरू ग्वाँ ग्वाँ रून  थाले । भ्यागुताहरू ट्वाँ ट्वाँ गर्न थाले । गढ्याैलाहरू वर्षिन थाल्याे। चिनाटिपन हेरिरहेका जाेतिसले रानी साहेबकाे भाग्य ताेकिदिए ।

–“मसान्तसम्म खड्गाे छ, नचल्मलाउनु ।”
–“त्यसपछि ?”
–“सुधार हुन्छ । हावाहुरी सरी भाग्य चम्कन्छ ।”
–“त्यसपछि ?”
–“हजुर साम्राज्ञी, राजा हजुर सम्राट !”

दुईजना सडक बालबालिका हुस्सुमा छाेपिएर चिसाे सिरेटाेमा सपनाका कथा भनिरहेका थिए । उनीहरूकाे यथार्थ थाङ्नाले बेरिएर सुतिरहनु थियाे । सपनाकाे गफ मनमनै उडेर दाैडिरहनु थियाे । सपनाका वार्तालापमा कालीले गालामा चिमटेर काले लाई भनी ।

–“साँच्ची, तिमी सम्राट भयाे भने मलाई के गर्छाै नि ?”
–“सम्राट भएँ भने हेलिकप्टर चढाएर घुमाउँछु !”
–“अहाे ! आकासबाटै सबै खुल्जा सिमसिम !”

सपनाकी परीकाे मनसँगै जीउ पनि हेलिकप्टरमा उड्नथाल्याे । आँखा झ्याप्प खाेली । थाङ्नामा सुतिरहेकी पाई । नजिकै हुनेवाला राजालाई खाेजी । राजा उल्टाे थाङ्गनामा विराजमान थिए । परीकाे अर्काे चुम्बनले रन्धनिएर झर्किंदै भने ।

–“सपनाकाे मधुमास !”

परीलाई राजाकाे स्वभाव देखेर एकदम रिस उठ्याे । उसले एक वचनमै तलाक दिई ।

–“टुट्याे !”

दुवैजना सुतिरहेकाे थाङ्नाे खाेसाखाेस गरेर जाडाेलाई छाेप्न खाेजिरहेका थिए । जाडाे झनझन चम्किरहेकाे थियाे । कसैले आएर दुवैलाई एक दनक दिँदै भन्याे ।

–“भँवराे !” 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment