कोरोना बीमाको दाबी भुक्तानीका लागि पुस १८ भित्र कागजात बुझाउन आग्रह

०६ पुस, काठमाडाैं । कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी बीमितहरुले १५ दिनभित्र आवश्यक कागजात बुझाउनुपर्ने भएको छ ।

नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुले हालसम्म पनि आवश्यक कागजात नबुझाएकाहरुलाई १५ दिनभित्र बुझाउन अनुरोध गरको हो ।

संघले कोरोना बीमा गरि पीसीआर पोजेटिभ भई कम्पनीहरुमा दाबीका लागि जानकारी गराएका तर, हालसम्म पनि आवश्यक कागजात नबुझाएका बीमितहरुलाई पुस १८ गतेसम्म बुझाउन अनुरोध गरेको छ । बीमितहरुले दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरि हालसम्म बुझाएका आवश्यक कागजातहरु बुझाउन सकिने संघले सोमबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

दाबीकर्ताहरुले आफूले दाबी गरको आ–आफ्नो बीमा कम्पनीहरुमा सम्पर्क गरि विस्तृत जानकारी लिन सकिने र आवश्यक कागजातहरु बुझाउन सकिने संघले जनाएको छ । संघका अनुसार तोकिएको समयभित्र दाबीसंग सम्वन्धित कागजात नबुझाउने दाबीकर्ताहरुको फाइल नै बन्द हुनेछ ।

गत मंसिर १३ गतेबाट लामो समयदेखि रोकिएको कोरोना बीमा दाबी भुक्तानी सुरु भएको थियो । कोरोना बीमाको दाबी भुक्तानी हुँन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुनेछ । भुक्तानीको प्राथमिकतामा व्यक्ति तथा परिवारलाई दिइएकाले सोही बमोजिम हुने नेपाल बीमा संघले भुक्तानी गरेको हो ।

सरकारबाट आएको १ अर्ब लाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत (८१ करोड ८१ लाख) बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पीले थप गरेर कुल १ अर्ब ८१ करोड ८१ लाख भुक्तानी गर्ने मोडालिटि बनेको थियो । मोडालिटी अनुसार ४५ प्रतिशतमा बीमा समितिले ८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा कम्पनीहरुले २५ प्रतिशत रकम थप्ने भन्ने थियो ।

लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि केही समय अगाडि सरकारले १ अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले कोरोना बीमा बापत अनुदान रकम २ करोड ३ लाख ६४ हजार ११६ रुपैयाँ समेत गरि कुल १२ अर्ब ३ करोड २५ लाख ३५ हजार ६७० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment