कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१९% बढ्यो, २ करोड ८८ लाख आर्जन

१० वैशाख, काठमाडाैं । कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ६६.१९ प्रतिशतले बढेको छ । कर्णालीले २ करोड १२ लाख रुपैयाँ इम्पेयरमेन्ट रिभर्सल गरेपछि खुद नाफामा उच्च सुधार भएको हो ।

बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको चैतसम्ममा बैंकले १ करोड ७३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा चैत मसान्तसम्म २ करोड ५१ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष ५ करोड ३५ लाख ८० हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा जगेडा कोष २२.०१% ले घटेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा, प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात ७१.५६ गुणा छ ।

चैत मसान्तसम्ममा बैंकले ४ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४० करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । चैत मसान्तसम्ममा बैंकले ८ करोड ३१ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १० करोड १९ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा १८.४६ प्रतिशतले घटेर ८ करोड ३१ लाख ५ हजार रुपैयाँमा झरेको छ ।

चालु आर्थिक वर्षको त्रेस्रो त्रैमाससम्म बैंकको कुल सञ्चालन आम्दानी ८ करोड ९२ लाख ९२ हजार रुपैयाँ, सञ्चालन नाफा २ करोड ८८ लाख ७ हजार रुपैयाँ, खुद शुल्क तथा कमिशन आय ६१ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.२६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । यस्तै, बैंकको कस्ट अफ फन्ड ८.२९ प्रतिशत र आधारदर ११.४७ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ७२.६३ प्रतिशतमा झरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment