कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

२७ वैशाख, काठमाडौं। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्।

कोशी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुखले बोलाएका थिए। सांसदहरुको सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन्। सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन्।

कोशी प्रदेश सभा ९३ सदस्यीय रहेको छ। जहाँ बहुमतका लागि ४७ मत आवश्यक पर्छ। तर ५२ सांसदको समर्थन भएपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment