सबै जनताले मानव अधिकारको महसुस गर्न सकेनन् : उपराष्ट्रपति पुनसबै जनताले मानव अधिकार

२२ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन्।

बिहीबार काठमाडौंमा आयोजित १४औं राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराए।

उनले मानव अधिकार उल्लंघनका घटनाहरु अझै पनि नरोकिएको बताए। सबै जनताले मानव अधिकार पाएको महसुस गर्न नसकेको उनको टिप्पणी छ। उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताए।

उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने उल्लेख गरे।

उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास व्यक्त गरे। विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने उनको भनाइ छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment