सुनको भाउ प्रतितोला एक लाखमा एक सय रुपैयाँ कम

१९ मंसिर, काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढेर १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment