सवारीसाधन आयातको रोकले व्यवसायी नै जोगिएका छन्ः गभर्नर

१५ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सवारी साधान आयातमा लगाएको प्रतिवन्धले अटो व्यवसायीलाई नै संरक्षण र हित गरेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार (समाज) को २६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अधिकारीले पेट्रोलियम सवारी साधन आयात नरोकेको भए यो व्यवसाय गर्ने व्यवसायी अझै ठूलो ऋण र अझै चर्को ब्याजको मारले थलिएका हुने उल्लेख गरे ।

“व्यवसाय गर्न पाइएन भन्नु हुन्छ, सवारी साधन आयात नरोकेको भए तपाईहरु नै अझै ठूलो ऋणको भार र चर्को ब्याजको मारमा पर्नु हुने थियो, उनले भने, तपाइहरु भाग्यमानी ठान्नुस आयातमा भएको प्रतिबन्धले तपाइहरुलाई जोगाएको छ ।”

अर्थतन्त्र सधै एकै गति र दिशामा नहुने भन्दै गलत दिशामा जान लाग्दा समग्र हित हेरेर उपकरण प्रयोग गर्ने उल्लेख गर्दै सरकारले राजश्व संकलनमा क्षति ब्यहोरेरै भए पनि आयातमा रोक लगाएको बताए ।

‘यो आयात सधैलाई रोकिएको होइन, सहनै नसक्ने अवस्थामा रोक लगाएर जाने हो, गलत उपकरण प्रयोग गरेर झन संकटमा पुराउन हुन्न भन्नेमा हामी सचेत छौ, उनले भने ।

अर्थतन्त्रका सूचकहरु गत वर्षको निरासाजनक अवस्थाबाट पुनः सहि दिशामा फर्किरहेको उल्लेख गरे । राजश्व संकलनमा क्षति भए पनि विदेशी मुद्रा सञ्चतिलगायतका विषयमा सुधार आएको उनले बताए ।

गभर्नर अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको भन्दै विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए ।

बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए । “समस्या समाधानका लागि हामी खुला छौँ”, उनले भने, “केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।”



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment