डिसेम्बर २ देखि विश्वकपको टिकट बिना नै कतार प्रवेश गर्न सकिने

१४ मंसिर, काठमाडाैं । कतार सरकारले हालको व्यवस्थालाई परिवर्तन गर्दै विश्वकपको टिकट बिना नै कतार प्रवेश गर्न सकिने व्यवस्था गरेको छ । कतारले अनिवार्य गरेको हाया कार्डको लागि विश्वकप गेमको टिकट आवश्यक नपर्ने भएपछि विश्वकपका दर्शकलाई कतार प्रवेश गर्न सहज हुने भएको हो ।

हालको व्यवस्था अनुसार विश्वकप हेर्नका लागि कतार जान चाहने दर्शकले अनिवार्य रुपम हाया कार्ड बनाउनु पथ्र्यो । हाया कार्ड भए पछि कतार जानको लागि भिसाको आवश्यकता पर्दैनथ्यो । त्यति मात्रै नभएर दुबई र साउदी अरबले समेत सोही हाया कार्ड मार्फत प्रवेश गर्न पाउने व्यवस्था गरेका थिए । तर, हाया कार्ड बनाउन लागि दर्शकसँग अनिवार्य रुपमा विश्वकपको कुनै पनि गेमको टिकट हुनु आवश्यक थियो । आगामी २ डिसेम्बर देखि भने कतार सरकारले सो व्यवस्था हटाएको छ ।

कतारले विश्वकपलाई लक्षित गरी पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको छ । लगानी अनुसार विदेशी दर्शकलाई कतार प्रवेश गराउन कतार सरकारले खुकुलो नियम लागु गरेको हुन सक्ने गैरआवासी नेपाली संघ कतारले जनाएको छ । विश्वकपको अन्तिम तिर दर्शकको उत्साह कम हुन सक्ने भन्दै कतारले नयाँ नीति ल्याउने हुन सक्ने संघको भनाई छ ।

हाया कार्डका लागि दर्शकले कतारको हाया कतार नाम अफिसियल वेवसाईटमा गएर सजिलो निवेदन दिन सक्नेछन् । हाया कार्डको निवेदनमा दर्शकले आफनो पासपोर्ट, व्यक्तिगत सुचनाहरु दिनुपर्नेछ । अनलाईनमा भरीएका सबै सुचना ठिक भएमा हाया कार्डको लागि स्वीकृत गर्नेछ । तर, यसका लागि विदेशी दर्शकले ५०० कतारी रियाल भने भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, दर्शकले कतारमा रहँदा आफने बस्ने स्थानको पनि सुनिश्चिता गर्नुपर्नेछ ।

कतारले विदेशी दर्शकलाई आकर्षण गर्न विभिन्न नीति परिवर्तन गरे पछि विदेशी दर्शकले भने वास बस्न कै लागि दुबई पुग्ने गरेका छन् । कतारले अझै पनि धेरै सुविधाहरु खुल्ला नगरेपछि विदेशी दर्शक विहान कतार जाने र बेलुका बस्नको लागि भने दुबई पुग्ने गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNews
Comments (0)
Add Comment