मंसिर नजिकिँदै गर्दा सुनचाँदीको भाउ उकालो लाग्न थाल्यो

२९कात्तिक, काठमाडाैं । अधिक उपभोगको महिना मंसिर नजिकिँदै गर्दा सुनचाँदीको भाउ उकालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको हो ।

मंसिर महिनामा विहावारी धेरै ुने भएकाले यो महिनामा सामान्य अवस्थाको तुलनामा तीन गुणा बढी सुनको माग हुने गरेको व्यवसायी बताउँछन् । तर धेरै उपभोगको समयमा नै भाउ बढ्दा सुन किन्नुपर्नेहरु मारमा पर्ने देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगरबार मात्रै सुनको भाउ तोलामा १ हजार र चाँदीको भाउ ३० रुपैयाँ बढेको छ । शुक्रबार यता मात्रै सुनको भाउ २ हजार ८०० रुपैयाँ वृद्धि भएको छ । यसबीचमा सोमबार मात्रै सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुन ९८ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ७०० र चाँदीको भाउ १ हजार ३२५ रुपैयाँ तोकिएको छ । हिजो सोमबार छापावाला सुन प्रति तोला ९७ हजार २०० रूपैयाँ, तेजावी सुन ९६ हजार ७०० रूपैयाँ र चाँदीको १ हजार २९५ रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७७३ डलर तथा चाँदी प्रतिऔंस २२.०८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment