झारफुक गर्दा झाँक्रीले अगुल्टो मुखमा झोस्दा र्‍यापर कुँवर गम्भिर घाइते 

२६कात्तिक, नवलपरासी । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टो मुखमा झोस्दा एक युवा गम्भिर घाइते भएका छन्। नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो।

काठमाडौं बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापरसमेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजंग कुँवर बिरामी भएर घर आएका थिए।

उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएका थिए। सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन्।

घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारका सदस्यले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताए।



मल्टिमिडिया ग्यालरी

businessnepalNewsPolitic
Comments (0)
Add Comment