हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम

२४ कार्तिक, काठमाडाैँ । २०७९ कार्तिक २४ गते (बिहीबार), माैसम विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि संभावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment