बिमा समिति आजदेखि प्राधिकरण

२२ कात्तिक, काठमाडौं । बिमा व्यवसायको नियमन गर्दै आएको बिमा समिति आजदेखि बिमा प्राधिकरणमा रूपान्तरण भएको छ ।

बिमा ऐन, २०७९ कार्यान्वयनमा आएसँगै समितिका सम्पूर्ण काम–कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।

गएको भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बिमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण गरिएको थियो ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको एक महिनामा लागु हुने कानुनी प्रावधानानुसार बिमा ऐन आजदेखि लागु हुँदै छ । समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदै छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment