चोरी पैठारी गरेर भन्सार छल्ने २ जनाविरुद्ध मुद्दा दायर

२०कात्तिक, काठमाडाैं । राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरेर भन्सार छल्ने २ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले भन्सार छलेर मालसामान चोरी पैठारी गर्ने चितवन भरतपुर महानगरपालिकाका रामकुमार गुप्ता र शौरभ गुप्ताविरुद्ध मुद्दा दायर गरेको हो ।

अभियुक्तहरूले भन्सार छली गरेर मालसामान पैठारी गरी लुकाई छिपाई खरिद बिक्री गरेर राजश्व चुहावट गरेको विशेष सूचनाका आधारमा विभागले छापा मारेको थियो ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा भन्सार तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका २ जनाविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित)अनुसार ३ करोड ८० लाख ५९ हजार ५२६ रुपैयाँ माग दाबीसहित अदालतमा मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी दिपेश लेखकले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment