महापर्व छ्ठ ( गद्यकविता )

१३ कार्तिक, काठमाडौं ।

अस्ताउँदो सूर्यलाई पूजा
उदाउँदो सूयलाई पूजा
रातभरिको जाग्राम
जलाशयमा गरिने निराहार व्रत
आर्य संस्कृतिको उपज हो – छठ पर्व
आर्यवर्त नारीको महान पर्व हो – छठ पूजा ।

अनेकतामा एकता
एकतामा अनेकता
आर्य सभ्यता र संस्कृतिको उपज हो – छठ पूजा
दीर्घायु र शुभेच्छाको कामना हो – छठ पर्व
पुत्र प्राप्तिको कामना हो – छ्ठ पूजा
प्रकृतिको पूजा हो – छठ पूजा
जलाशयमा निराहार व्रत हो – छठ व्रत ।

छठी मैयाको आराधना र उपासना हो- छठ पर्व
अस्ताउँदो सूर्यलाई अर्घ
उदाउँदो सूर्यलाई अर्घ
छत्तीस घन्टाको निराहार व्रत
आर्य संस्कृतिको उपज हो – छठ पर्व
आर्यवर्त नारीको महान पर्व हो – छठ पूजा ।

वेदमा उल्लेख गरिएको महापर्व हो – छठ पर्व
विधिपूर्वक गरिने कर्म हो – छठ पूजा
सुस्वास्थ र धनधान्यको आस्था हो – छठ पर्व
अस्ताउँदो सूर्यको पूजा
उदाउँदो सूर्यको पूजा
पुत्र प्राप्तिको उद्देश्य हो – छठ पूजा ।

*** इतिश्री ***
रचना : लक्ष्मीप्रसाद ढकाल
दर्शनाचार्य
त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment