रु रु जलविद्युतको सेयरमूल्य समायोजन

२७ असाेज, काठमाडाैं । रु रु जलविद्युत परियोजना लिमिटेड को सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २६ गते बुधबार कारोबारपछि मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २७ गते बिहीबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोजसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले कम्पनीको समायोजित सेयरमूल्य ७५१.८२ रुपैयाँ निर्धारण गरेको हो । बुधबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ८२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बिहीबार कम्पनीको सेयर समायोजित सेयरमूल्यलाई आधार मानेर खुलेको छ ।

लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते, बानेश्वर ब्याङ्कवेटमा दिउँसो १ बजे साधारण सभा बोलाएको छ । सभाले असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment