२४ घण्टामा ३८ जनामा सङ्क्रमणा, एकको मृत्यु

१२ असाेज, काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र  एक हजार ५३४ एन्टीजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५२ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा एक जनाको भृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल मुलुकमा एक हजार १२२ जना सक्रिय सङ्क्रमित छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19healthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment